प्रदेश सरकार विकासका काममा स्थानीय तहसँग सहकार्य गरेर अगाडि बढछ : मुख्यमन्त्री जम्मकट्टेल

प्रदेश सरकार विकासका काममा स्थानीय तहसँग सहकार्य गरेर अगाडि बढछ : मुख्यमन्त्री जम्मकट्टेल

91

काभ्रेपलाञ्चोक । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले गाउँपालिकाले देखिने गरी काम गर्नुपर्ने बताउनुभएको छ । बनेपा नगरपालिकाको ४२औँ स्थापना दिवसका अवसरमा मङ्गलबार आयोजित कार्यक्रममा उहाँले साना आयोजनामा नअल्झिन सुझाव दिनुभयो ।

मुख्यमन्त्री जम्मकट्टेलले समाजले खोजेअनुसारका विकासका काम गर्न  सबैलाई आग्रह गर्नुभयो । “वडादेखि केन्द्रसम्म समाज झल्कने प्रतिनिधित्व रहेकाले खोजेको अनुसारको विकास हुँदै गएको छ”, उहाँले भन्नुभयो । जनादेशअनुसार काम गर्ने व्यवस्था स्थापित हुन आवश्यक रहेको उहाँको भनाइ थियो ।

प्रदेश सरकार विकासका काममा स्थानीय तहसँग सहकार्य गरेर नागरिकको चाहनाअनुरुपको काम गर्नमा दृढ रहेको मुख्यमन्त्री जम्मकट्टेलले बताउनुभयो ।

सो अवसरमा बनेपा नगरपालिकाले सामुदायिक विद्यालयको शिक्षा क्षेत्रमा निरन्तर रुपमा १५ वर्षसम्म सेवा प्रदान गर्ने शिक्षक/शिक्षिका र २५ वर्षसम्म अनवरतरुपमा सेवा गर्ने कर्मचारीलाई सम्मान गरेको थियो ।

तपाईको बिचार

सम्बन्धित खबर