सरकारले तीन महिनामा जनतामा आशा जगाउने काम गरेरको छ : प्रधानमन्त्री दाहाल

सरकारले तीन महिनामा जनतामा आशा जगाउने काम गरेरको छ : प्रधानमन्त्री दाहाल

85
k|d k|r08 – ;Daf]wg sf7df8f}F, !& r}t M k|wfgdGqL k’iksdn bfxfn …k|r08Ú g]kfn /fli6«o sd{rf/L ;Ë7g lghfdltåf/f z’qmaf/ lbpF;f] sf]6]Zj/df cfof]lht kfFrf} /fli6«o dxflwj]zg pb3f6g sfo{qmdnfO{ ;Daf]wg ug{‘x’Fb} . tl:a/ M k|bLk/fh jGt÷/f;;

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वको सरकारले तीन महिनामा महत्वपूर्ण काम सम्पादन गरेर जनतामा आशा जगाउन सफल भएको बताउनुभएको छ ।

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालय पेरिसडाँडामा अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी)को केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री  दाहालले थिति बसाल्न तीन महिनामा महत्वपूर्ण काम भएको बताउनुभएको छ ।

प्रधानमन्त्रीले भन्नुभयो, “बेथितिहरू अन्त्य गर्न र थिति बसाल्न यस अवधिमा महत्वपूर्ण काम भएका छन् । मन्त्रिपरिषद्को बैठकले निजी क्षेत्रको समस्या समाधानका लागि मौद्रिक नीतिमा सहजीकरण गरिएको छ ।”

राजस्व सङ्कलनमा सुधार आएको, विदेशी मुद्रा सञ्चिति बढेको र विप्रेषणमा सुधार आएको उल्लेख गर्दै उहाँले सेवा प्रवाह गर्ने कार्यालयका लामा–लामा लाइन हटेको बताउनुभयो । राहदानी, सवारी चालक अनुमतिपत्रलगायतका काममा विगतको झन्झट हटेको जानकारी दिँदै प्रधानमन्त्रीले यसलाई ठीक ढङ्गले बुझेर जनतामा लैजानुपर्ने बताउनुभयो ।

“सुशासन र समृद्धिका लागि महत्वपूर्ण काम भएका छन् । कानुन निर्माणका कामले गति लिएका छन्”, प्रधानमन्त्रीले भन्नुभयो, “एउटा समीकरणबाट सरकार गठन भयो, तर राष्ट्रिय सहमति खोज्दै जाँदा सहमति भएन, त्यसपछि अर्को गठबन्धनमा जानुपर्ने परिस्थिति आयो । त्यसले गर्दा कतिपय भएका काम पनि ओझेल परेकोजस्तो छ । आज सरकार विस्तार भएपछि सरकारले गति लिन्छ ।”

नेपालको क्रान्तिकारी आन्दोलनमा महिलाले प्रदर्शन गरेको वीरता र बलिदानबाट नेपालमा युगान्तकारी परिवर्तन आएको स्पष्ट पार्दै प्रधानमन्त्रीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको र  संविधानले महिला अधिकारलाई उचाइका साथ प्रबन्ध गरेको बताउनुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, “विश्व राजनीति नै नयाँ ध्रुवीकरणमा छ । त्यसको विश्वव्यापी प्रभाव छ । रूस–युक्रेन युद्धपछि विश्व परिस्थितिमा आएका फेरबदललाई ठीक ढङ्गले बुझ्न र सोहीअनुरूपको राष्ट्रिय नीति आवश्यक छ ।”

तपाईको बिचार

सम्बन्धित खबर