खानेपानीमन्त्री अब्दुल खानले दिए राजीनामा

खानेपानीमन्त्री अब्दुल खानले दिए राजीनामा

225

काठमाडौं । खानेपानी तथा सरसफाइ मन्त्री अब्दुल खानले राजीनामा दिएका छन् ।

मन्त्रिपरिषद् पुनर्गठन गर्दा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय नपाएपछि खानले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका हुन् ।

जनमत पार्टीले सुरुदेखि नै उद्योग मन्त्रालय मागिरहेको थियो । तर, अहिले पनि खानेपानी मन्त्रालय नै दिने भएपछि उनले राजीनामा दिएका हुन् ।११ पुसमा बिना विभागीयमन्त्री बनेका खानलाई प्रधानमन्त्रीले ३ माघको मन्त्रिपरिषद् पुनर्गठनका क्रममा खानेपानी मन्त्रालयको जिम्मेवारी दिएका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्योगमन्त्री कांग्रेसलाई भाग दिएका छन् । कांग्रेसले रमेश रिजाललाई उद्योगमन्त्री बनाउने भएको छ ।

तपाईको बिचार