बहाना र तर्कले हुँदैन अब काम गरेर जित्नुपर्छ : पूर्वमन्त्री बस्नेत

बहाना र तर्कले हुँदैन अब काम गरेर जित्नुपर्छ : पूर्वमन्त्री बस्नेत

73

भक्तपुर । नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले एमालेले दुई वटा अभियानहरु देशभर मिसन ग्रास रुट र जनसंगठनहरुको अधिवेशनहरु गरी चलायमान गरिरहेको जानकारी गराउनुभयो । दक्षिणपन्थी प्रवृद्धिबाट एमालेलाई अलग्याएर समाजवाद हुँदै साम्यवाद पुग्नुपर्नेमा जोड दिँदै उहाँले सर्वाहारा वर्गलाई देखाएर दलाल पुँजीपतिवर्गको संरक्षण गर्नु नहुने बताउनुभयो ।

उद्योग राज्यको स्वामित्वमा राख्नुपर्ने उल्लेख गर्दै उहाँले केही पुँजीपतिवर्गबाट नेपालका उद्योगहरु कब्जा गरिएको बताउनुभयो । राष्ट्रिय युवा संघ र एमालेले आगामी दिनमा योग्यता अनुसारको काम, काम अनुसारको दाम हुने अभियान चलाउनुपर्नेमा उहाँले जोड दिनुभयो । सारा जनताको आकर्षणको केन्द्रविन्दु भक्तपुर भएको स्मरण गराउँदै उहाँले जनताको आशा, भरोसा र विश्वासको केन्द्रविन्दु एमालेलाई जिल्लामा संगठित र व्यवस्थित रुपमा गोलबन्द गरी आगाडी बढाउनुपर्नेमा जोड दिनुभयो ।

टोल टोलमा युवा संघ पुग्नुपर्नेछ । एउटा वडाले कम्तिमा पाँच वटादेखी २५ वटासम्म टोल कमिटी बनाउनुपर्छ, अनि सदस्यता बाँड्नुपर्छ ।’ उहाँले भन्नुभयो, ‘बहाना तर्क गरेर जसले पनि जित्ने तर काम गरेर जित्नुपर्ने छ । बहाना र तर्कले हुँदैन अब कामले जित्नुपर्छ । त्यो राष्ट्रिय युवा संघबाट शुरु गर्नुपर्छ । युवाले पार्टीमा ४० प्रतिशत चाहिन्छ भनेर मात्र हुँदैन । त्यो अनुसार पार्टीमा क्षमता र योग्यताको विकास गर्नुस् ।’

सिमित नेताको पछि लागेर नेतृत्वमा पुग्ने सपना नदेख्न कार्यकर्तालाई आग्रह गर्दै उहाँले नेता बन्ने नेतृत्वको छेउमा वसेर भन्दा पनि कार्यकर्तामा गएर मात्र नेतृत्वमा पुग्न सकिने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘दाईको सुझाव लिने हैन, भाइवहिनिको लिनुस् । अध्यक्ष उठु की सचिव उठु भन्ने कुरा पार्टीका दाई वा नेतृत्वलाई हैन, अब कार्यकर्तालाई सोधेरमात्र नेता हुनुपर्छ ।’

तपाईको बिचार