विश्वविद्यालयले सर्वसाधारणलाई सर्वसुलभ सेवा दिने वातावरण सिर्जना गर्नुपर्छ : प्रधानमन्त्री दाहाल

विश्वविद्यालयले सर्वसाधारणलाई सर्वसुलभ सेवा दिने वातावरण सिर्जना गर्नुपर्छ : प्रधानमन्त्री दाहाल

189
एकीकृत अखिल नेपाल शिक्षक संगठनको केन्द्रीय समिति बैठकमा शनिबार सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’। तस्बिर ः प्रदीपराज वन्त,रासस

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वाञ्चल विश्वविद्यालय(पियू)ले मेडिकल कलेज सञ्चालन एवं अन्य जनमुखी कार्यक्रम ल्याएर सर्वसाधारण जनतालाई सर्वसुलभ उपचार उपलब्ध गराउनुपर्ने बताउनुभएको छ ।

सुन्दरहरैँचाको गोठगाउँमा केन्द्रीय कार्यालय रहेको पूर्वाञ्चल विश्वविद्यालयको ११औँ दिक्षान्त समारोहलाई आज सम्बोधन गर्दै पियू कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले ऐन कानुनमा देखिएका समस्यालाई चाँडै हल गरेर स्थानीयस्तरमा मेडिकल कलेज पढ्न पाउने व्यवस्था गरिने विश्वास दिलाउनुभयो । विश्वविद्यालयले सैद्धान्तिक ज्ञान मात्र नभई जीवन उपयोगी र व्यावहारिक ज्ञानमा जोड दिनुपर्ने धारणा राख्दै उहाँले विज्ञान प्रविधिको युगमा सैद्धान्तिक सिकाइले ज्ञान आर्जन भए पनि दैनिक जीवनमा उपयोग कम हुँदै गएको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री दाहालले २१औँ शताब्दीमा उपलब्ध स्रोत साधनको अधिकतम प्रयोग गरेर वैकल्पिक स्रोत र साधनको खोजी गरी विश्वविद्यालयलाई समुदाय स्तरमा लैजान आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले लोकतान्त्रिक मूल्य मान्यता र लोककल्याणकारी संस्कारका साथै स्थानीय, प्रदेश र सङ्घीय सरकारलाई समन्वय गर्नुपर्नेमा जोड दिनुभयो ।

“विश्वविद्यालयले अहिलेको प्रतिस्पर्दामा गुणस्तरीय तथा रोजगारमूलक  शिक्षामा जोड दिन आवश्यक छ ।” प्रधानमन्त्री दाहालले भन्नुभयो, “विश्वविद्यालयको हित र उन्नतिको लागि नेपाल सरकारबाट सधैँ साथ सहयोग रहने छ ।” प्रधानमन्त्री दाहालले पियूको दिक्षान्त समारोहमा आफू दोस्रो पटक सहभागी हुन पाएकोमा खुसी व्यक्त गर्दै विद्यार्थीको उज्ज्वल भविष्यको कामना गर्नुभयो ।

तपाईको बिचार