उपनिर्वाचन : उम्मेदवारको मनोनयनपत्र दर्ता आज

उपनिर्वाचन : उम्मेदवारको मनोनयनपत्र दर्ता आज

99

काठमाडौं । आगामी वैशाख १० मा हुन गइरहेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारको दर्ता आज हुँदैछ ।

चितवन–२, तनहुँ–१ र बारा–२ मा वैशाख १० मा हुन गइरहेको उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयन पत्र दर्ता हुन गइरहेको हो । गत मङ्सिर ४ गतेको निर्वाचनबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि चितवन-२ रिक्त हुन पुगेको थियो ।

यसैगरी, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि तनहुँ-१ र उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित भएपछि बारा-२ रिक्त हुन पुगेको थियो ।  रिक्त रहेका तीनवटा निर्वाचन क्षेत्रमा आगामी वैशाख १० गते उपनिर्वाचन हुन लागेको हो ।

तपाईको बिचार