५ वर्षपछि रास्वपाको एकल बहुमतको सरकार कसैले रोक्न सक्दैन : सभापति लामिछाने

५ वर्षपछि रास्वपाको एकल बहुमतको सरकार कसैले रोक्न सक्दैन : सभापति लामिछाने

87

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले घरदैलो कार्यक्रममा बोल्दै रास्वपाले  ६ महिनामा २० सिट जितेको भन्दै  ५ वर्षपछि आफ्नो दलको एकल सरकारलाई कसैले रोक्न नसक्ने दाबी गरे ।’ उनले आफूलाई सिध्याउन र तर्साउन मुद्दामाथि मुद्दा हालिएको बताए।

उनले भने, ‘अझै पनि भ्रममा पारेर यसलाई तर्साउन सकिन्छ कि सिध्याउन सकिन्छ कि भनेर मुद्दामाथि मुद्दा हालेको देखिएको छ। मलाई यो मुद्दाहरूसँग केही लिनु छैन। मैले नेपाली जनतादेखि राज्यलाई आफ्नो अवस्थाबारे इमानदारीपूर्वक बताएको छु। मैले केही लुकाएको र छिपाएको छैन। यसले अपराध गर्यो। यसले गरेको अपराधबाट यो मान्छे पीडित भयो भनेर एक जना मान्छे देखाइदिनुस्। मेरा कारणबाट कोही पीडित भएको छैन।’

चुनावी घरदैलोका क्रममा उनले उपचुनाव हुन लागेका तीन वटै क्षेत्रमा जित्ने दाबी गरे ।

तपाईको बिचार