राजनीतिक स्थिरताबिना विकास र समृद्धि सम्भव छैन : अध्यक्ष ओली

राजनीतिक स्थिरताबिना विकास र समृद्धि सम्भव छैन : अध्यक्ष ओली

87

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ वर्ष २०८० को शुभकामना सन्देश दिँदै राजनीतिक स्थिरताबिना विकास र समृद्धि सम्भव नभएको बताउनु भएको छ ।

बलियो राष्ट्रिय शक्ति निर्माण नै राष्ट्रहितको रक्षा र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा प्रतिकूलका दुष्प्रयासलाई परास्त गर्दै विकास र समृद्धितर्फको यात्रामा मुलुकलाई अगाडि बढाउनु सम्भव रहेको उहाँले बताउनु भयो ।

‘अस्थिरताको लाभ लिएर राजनीतिलाई विकृत तुल्याउने र झन अन्योलपूर्ण बनाउँदै मुलुकको विकास र समृद्धिको यात्रा बिथोल्न प्रवृत्तिलाई निस्तेज पार्न जरुरी छ’, शुभकामना सन्देशमा उल्लेख छ ।

तपाईको बिचार