कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले जनप्रतिनिधि मात्र नभइ पत्रकार पनि देश, जनता र समाजप्रति जिम्मेवार हुनुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन लम्की शाखा कैलालीको पाचौँ अधिवेशन तथा २३औँ स्थापना दिवस उद्घाटन गर्दै उहाँले देशको विकास र समृद्धिका लागि जनप्रतिनिधि मात्र नभइ पत्रकारसमेत जिम्मेवार हुन आवश्यक रहेको बताउनुभयो ।
मुख्यमन्त्री शाहले मुलुकको व्यवस्था, सङ्घीयता र भसोरा जोगाउने दायित्व जनप्रतिनिधिको भएको बताउँदै यी व्यवस्था जोगाउ सहयोग पुग्ने खालका समाचार मिडिमार्फत आउनुपर्ने बताउनुभयो । उहाँले अहिलेको व्यवस्थाबाट मुलुकको समृद्धि हुनुपर्नेमा जोड दिनुभयो ।
प्रदेश सकार पत्रकार जगतलाई अलग राखेर अघि नबढ्ने विश्वास दिलाउँदै मुख्यमन्त्री शाहले पत्रकारलाई साथमा लिएर अघि बढ्ने बताउनुभयो । सरकारका कमी कमजोरीमा आँैला उठाउन आग्रह गर्दै उहाँले आफूले प्रेस स्वतन्त्रताको वातावरण बनाउन पहल गर्ने बताउनुभयो । ‘‘पत्रकारले सही सूचना मात्र दिनुपर्छ, सत्य नबुझी कसैको मानमर्दन हुने समाचार लेख्न हुन्न’’, उहाँले भन्नुभयो, ‘‘प्रदेश सरकारलाई सुझाव दिने खालका समाचार लेख्नुस्, म पूर्वाग्रही हुनेछैन । सुझावका रुपमा लिनेछु ।’’
तपाईको बिचार