नेपाल इन्जरी अनुसन्धान केन्द्र र ‘सेफ ट्रिप नेपाल’ द्वारा सडक सुरक्षा पुस्तिकाको विमोचन

555

ललितपुर। प्रतिनिधिसभाका सांसद आशिष गजुरेलले व्यवस्थित पुर्वाधार तथा सुरक्षित सडक र यातायात प्रणालीको विकास गर्न स्थानीय, प्रदेश र केन्द्र सरकारले समन्वयात्मक ढङ्गले काम गर्नुपर्ने बताएका छन्। नेपाल इन्जरी अनुसन्धान केन्द्र र ‘सेफ ट्रिप नेपाल’ लगायतका संस्थाद्वारा बुधवार ललितपुरमा आयोजित सडक सुरक्षा पुस्तिका विमोचन तथा सामुदायिक संलग्नता अनुभव आदानप्रदान कार्यक्रममा भौतिक पुर्वाधार विकास समितिका सभापति समेत रहेका गजुरेलले सडक सुरक्षाको लागि सबै जिम्मेवार निकायले महत्त्वका साथ काम गर्नुपर्ने बताएका हुन्।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै सभापति गजुरेलले सरकारले महत्वका साथ अहिले सडक सुरक्षा विधेयक प्रतिनिधि सभामा दर्ता गरेको जानकारी दिए। उनले पुर्वाधार समितिमा विधेयकमाथि दफावार छलफल गर्दैै आवश्यक सुधार गरिने बताए। सडक सुरक्षा, ट्राफिक नियम र यससम्बन्धि जनचेतना अभिवृद्धिका कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने बताए।

कार्यक्रममा सेफट्रिप नेपालले अनुसन्धान गरी प्रकाशन गरेको सडक सुरक्षा पुस्तिका सार्वजानिक गरियो। उक्त अनुसन्धान कार्यक्रम काठमाडौं मेडिकल कलेजस्थित नेपाल इन्जुरी रिसर्च सेन्टरले युनिभर्सिटी अफ द वेस्ट अफ इङ्गल्याण्ड, ब्रिस्टल र इम्पेरियल कलेज लन्डन, युकेसँगको सहकार्यमा कार्यान्वयन गरेको हो। यो पुस्तिका बागमती प्रदेशका आठ पालिकाहरू कालिका, गल्छी, बकैया, बनेपा, बेल्कोटगढी, भीमफेदी, पनौती र रत्ननगर सँगको सहकार्यमा विकास गरिएको हो।

स्थानीय सरकारका पालिका नेतृत्वलाई आफ्ना समुदायमा सडक सुरक्षा योजना तर्जुमा, कार्यान्वयन तथा सुधारका लागि आवश्यक मार्गदर्शन र सहयोग प्रदान गर्ने उद्देश्यले यो पुस्तिकालाई एक निर्देशिका रूपमा विकास गरिएको संस्थाले जनाएको छ। यस पुस्तिकाको विकास प्रक्रिया बागमती प्रदेशका विभिन्न ८ वटा पालिकामा सेफट्रिप अनुसन्धान परियोजनाको प्रारम्भिक चरणदेखि हालसम्म सम्पन्न विभिन्न क्रियाकलापहरू, छलफल, प्राप्त अनुभव, सिकाइ तथा नतिजाका आधारमा गरिएको हो। यो दस्तावेज समुदाय, सरोकारवाला, स्थानीय निर्णयकर्ता तथा जनप्रतिनिधिहरूको प्रत्यक्ष संलग्नतामा स्थानीय परिवेशलाई मध्यनजर गरी तयार पारिएको कार्यक्रममा जानकारी दिइयो।

काठमाण्डौँ मेडिकल कलेजका सामुदायिक चिकित्सा विभागका प्रमुख प्रा. डा. अभिनव वैद्यको सभापतित्वमा सम्पन्न समारोहमा युनिभर्सिटी अफ द वेष्ट इंग्ल्यान्ड ब्रिस्टलका सडक सुरक्षा अनुसन्धानकर्ता डा. पुष्पराज पन्तले सडक सुरक्षा अवधारणा सम्बन्धी विशेष मन्तव्य
राखेका थिए।

तपाईको बिचार

सम्बन्धित खबर