वैदेशिक रोजगार क्षेत्रमा  समयानुकूल नीतिगत सुधार गर्न व्यवसायीको सरकारसँग माग

600

रोजगार व्यवसायीहरूले वैदेशिक रोजगार क्षेत्रले नेपालको अर्थतन्त्र, रोजगारी र सामाजिक विकासमा पुर्‍याएको योगदानको उचित मूल्याङ्कन गर्दै समयानुकूल नीतिगत सुधार गर्न सरकारसँग माग गरेका छन्।
पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष डिक बहादुर खत्री (कुमार ) ले वैदेशिक रोजगार क्षेत्रले विगत पाँच दशकदेखि लाखौँ नेपालीलाई रोजगारी उपलब्ध गराउनुका साथै देशमा रेमिट्यान्स भित्र्याएर विदेशी मुद्रा सञ्चिति वृद्धि, व्यापार घाटा न्यूनीकरण तथा आर्थिक स्थायित्व कायम गर्न महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताए। नेपाली श्रमिकमार्फत अन्तर्राष्ट्रिय सीप, कार्यसंस्कृति, प्रविधि र पुँजीको हस्तान्तरणसमेत भइरहेको उनको भनाइ छ।
यति ठूलो योगदानका बाबजुद नीतिगत जटिलता, अव्यावहारिक व्यवस्था तथा समयानुकूल सुधारको अभावले वैदेशिक रोजगार क्षेत्र संकटमा परेको व्यवसायीहरूको गुनासो छ। उनीहरूले नीतिगत सुधारबिनाको अवस्था श्रमिक, व्यवसायी र समग्र राष्ट्रकै हितविपरीत हुने बताएका छन्।
पत्रकार सम्मेलनमार्फत व्यवसायीहरूले सरकारसमक्ष विभिन्न १५ बुदे मागहरू अघि सारेका छन्। सरकारद्वारा विभिन्न मितिमा वैदेशिक रोजगार संस्थामाथि गरिएका कारबाही पुनरावलोकन गरी आवश्यक निर्णय गर्नुपर्ने, श्रमिकबाट लिइने सेवा शुल्कलाई वैज्ञानिक र व्यवहारिक बनाउनुपर्ने तथा वैदेशिक रोजगार व्यवसाय सञ्चालनका लागि हालको शुल्क संरचना पुनर्समीक्षा गर्नुपर्ने उनीहरूको माग छ।

तपाईको बिचार