भुजुङ्ग हाइड्रोपावर लिमिटेडको चौँथो वार्षिक साधारणसभाबाट वित्तीय प्रतिवेदन पारित, नयाँ संचालक समिति चयन

683

काठमाडौं । भुजुङ्ग हाइड्रोपावर लिमिटेडको चौँथो वार्षिक साधारण सभा जेठ २७ बुधबार नक्सालस्थित आम्रपाली ब्याङ्केटमा सम्पन्न भएको छ। कम्पनिको सञ्चालक समितिको जेठ ३ गते बसेको बैठकले काठमाडौंमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको थियो। सभा कम्पनीको प्रबन्ध सञ्चालक माधवराज आचार्यको सभापतित्वमा सम्पन्न भएको हो।

साधारण सभाले गत आर्थिक वर्ष ०८१/८२ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याएको छ ।

त्यस्तै, कम्पनिको सञ्चालक समितिमा आगामी कार्यकालको लागि संस्थापक तर्फबाट पाँच र सर्वसाधारणतर्फबाट एक जना सञ्चालक निर्वाचनको कार्यक्रम पनि सम्पन्न भएको छ । नयाँ संचालक समितिमा टंक प्रसाद सुवेदी, डा. हिमाल भट्टराई, राजेश्वर दुवाल, माधवराज आचार्य, सन्तोष श्रेष्ठ र जेलिना श्रेष्ठ सर्वसम्मत चयन भएका छन्। साथै प्रमुख कार्यकारी अधिकृतमा विवेक रावलासहित र स्वतन्त्र सञ्चालक नियुक्तिको अनुमोदन पनि सभाले गरेको छ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ १८ गते एक दिन बुक क्लोज गरेको थियो । यसका आधारमा जेठ १४ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

यस भुजुङ्ग हाइड्रोपावर लिमिटेडले गण्डकी प्रदेशको लमजुङ्ग जिल्लामा ७.५ मेगावाटको माथिल्लो फिदिम जलविद्युत आयोजना सम्पन्न गरी मिति २०८१/०१/०६ देखि व्यवसायिक उत्पादन गर्दै आएको छ। कम्पनीको कुल सेयर पूँजी रु. १ अर्ब रुपैयाँ रहेको छ। समीक्षा आर्थिक वर्षमा कम्पनीले विद्युत बिक्रीबाट रु. १३,२६,४२,०२७/- आर्जन गरेको छ।

तपाईको बिचार

सम्बन्धित खबर