अन्तर्राष्ट्रिय द्वन्द्वले पेट्रोलियम पदार्थमा दबाब

701

अमेरिका र इसराइलले संयुक्त रूपमा इरानमा हमला बढाएपछि तेलमार्गको रूपमा चिनिने होर्मुज मार्ग अवरोध भएको छ।

इरानका तेल प्रशोधन क्षेत्रमा समेत हमला भइरहेको खबर बाहिरीएपछि विश्वभर पेट्रोलियम पद्धार्थको भाउ बढिरहेको छ। 

यसकारण पेट्रोल, डिजेल र ग्यासको माग तथा खपत पनि बढिरहेको छ। 

पेट्रोल र डिजेलको तुलना एलपी (खाना पकाउने) ग्यासको भण्डार क्षमता कम हुने भएकाले यसको आपूर्ति व्यवस्थापन अझ संवेदनशील मानिन्छ। 

अहिले एलपिजीको वैकल्पिक आपूर्तिकर्ता उत्तर अमेरिका पनि टाढा पर्छ। त्यसैले घरेलु उपभोक्तालाई ग्यास आपूर्ति अवरूद्ध नहोस् भन्ने सुनिश्चित गर्न भारत सरकारले विभिन्न उपायहरू अवलम्बन गरिरहेको हो।

भारतमा घरेलु प्रयोगका एलपिजी सिलिन्डर रिफिल बुकिङ गर्न पाइने न्यूनतम अवधि २१ दिनबाट बढाएर २५ दिन पुर्‍याइएको छ।

बजारमा कृत्रिम अभाव सिर्जना गर्न सक्ने भन्दै अनावश्यक भण्डारण रोक्न यस्तो निर्णय गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन।

तपाईको बिचार