एमालेसँग तालमेल हुँदैन, हामी एक्लै चुनाव लड्छौँ : प्रचण्ड

788

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा एमालेसँग कुनै पनि प्रकारको तालमेल नहुने स्पष्ट पारेका छन्।

पार्टीका केन्द्रीय नेताहरूको जुम बैठकलाई सम्बोधन गर्दै संयोजक दाहालले यसपटक पार्टी एक्लै निर्वाचनमा होमिने र जनताको मतका आधारमा पहिलो पार्टी बन्ने लक्ष्यसहित अघि बढेको बताए।

उनले कतिपय क्षेत्रमा एमालेसँग तालमेल हुन सक्ने भन्ने हल्ला निराधार भएको उल्लेख गर्दै जनताबाट तिरस्कृत र अस्वीकृत भइसकेका शक्तिसँग कतै पनि गठबन्धन वा तालमेल नहुने स्पष्ट पारे।

बैठकमा सहसंयोजक माधव नेपालले पनि एमालेसँग चुनावी तालमेलको सम्भावना नरहेको भन्दै पार्टीले स्वतन्त्र रूपमा निर्वाचनमा भाग लिने निर्णयमा दृढ रहेको बताएका थिए।

तपाईको बिचार

सम्बन्धित खबर