काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले चुनावी दाबी र सिट आकलनले मात्र निर्वाचनको वास्तविक परिणाम नआउने भन्दै निर्णायक पक्ष मतदाताको मनोविज्ञान हुने बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै बास्कोटाले चुनाव नजिकिँदै जाँदा सबै दल र उम्मेदवार आफू नै जित्ने दाबी गरिरहेको उल्लेख गरेका छन्। “चुनाव जित्ने दाबी र सिट आकलन सुन्दा पढ्दा कोही पनि दोस्रो हुँदैन,” उनले लेखेका छन्, “सबैले जितेको मात्र देखिन्छ।”
उनले पछिल्लो निर्वाचन परिणामले एकल सरकार बन्न नसकेको यथार्थ प्रष्ट भइसकेको उल्लेख गर्दै राजनीतिक दलहरूले आत्ममूल्यांकन गर्नुपर्ने समय आएको संकेत गरेका छन्। “तर खास कुरा मतदाताको मनमा के छ रु परिणाम त त्यही प्रकट होला,” बास्कोटाले टिप्पणी गरेका छन्।
चुनावी वातावरणमा देखिने हल्ला, झुटा सूचना तथा आरोप–प्रत्यारोपलाई स्वाभाविक राजनीतिक प्रवृत्ति भन्दै उनले यस्तो अवस्था विकसित लोकतन्त्र भएका मुलुकहरूमा समेत देखिने बताएका छन्। “हल्ला, झुट, आरोप–प्रत्यारोप त युरोप र अमेरिकामा पनि देखिन्छ,” उनले लेखेका छन्, “यो त नेपालमा मामुली कुरा भयो।”
तपाईको बिचार