मत जनताको चाहना हो, नेताहरूको झगडा अनुचित : चन्द्र भण्डारी

997

​काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं सांसद चन्द्र भण्डारीले निर्वाचनमा मत कसलाई दिने भन्ने कुरा जनताको व्यक्तिगत चाहना भएको बताउँदै यसै विषयलाई लिएर आपसमा झगडा नगर्न आग्रह गर्नुभएको छ। सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले लोकतन्त्रमा मतदानको अधिकारलाई सम्मान गर्नुपर्ने र यसले आपसी सम्बन्धमा दरार ल्याउन नहुने धारणा राख्नुभएको हो।
​
नेता भण्डारीले राजनीति समाजलाई विभाजित गर्ने माध्यम नभई समस्याहरूको समाधान खोज्ने कडी हुनुपर्नेमा जोड दिनुभएको छ। उहाँका अनुसार राजनीति त्यस्तो क्षेत्र हुनुपर्छ जहाँ सद्भाव, सार्थक संवाद र सुमधुर सम्बन्धको पाठशाला भेटियोस्।
​
पछिल्लो समय राजनीतिक विचारका आधारमा समाजमा बढ्दै गएको तिक्तता र विभाजनप्रति चिन्ता व्यक्त गर्दै उहाँले राजनीतिलाई स्वस्थ र मर्यादित बनाउन सबैमा आह्वान गर्नुभएको छ। उहाँको यो सन्देशले राजनीतिक संस्कारलाई सुधार्दै आपसी मेलमिलाप र संवादको बाटो रोज्नुपर्ने आवश्यकतालाई प्रस्ट पारेको छ।

तपाईको बिचार

सम्बन्धित खबर