लोकतन्त्र र संविधानको रक्षाका लागि एमाले अग्रपङ्क्तिमा उभिन्छ : अध्यक्ष ओली

1007

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र र संविधानको रक्षाका लागि एमाले सधैँ अग्रपङ्क्तिमा उभिने स्पष्ट पारेका छन्। केन्द्रीय कमिटी बैठकमा उनले ११औँ राष्ट्रिय महाधिवेशनले पार्टीलाई लोकतन्त्रको बलियो स्तम्भका रूपमा पुनः स्थापित गरेको दाबी गरे।

उनका अनुसार महाधिवेशनले ‘पुराना दल असफल भए’ भन्ने भाष्यलाई चिरेको छ र लोकतान्त्रिक प्रणाली अजेय रहेको सन्देश दिएको छ। “एमाले कमजोर हुँदा लोकतन्त्र कमजोर हुन्छ भन्ने इतिहासले देखाइसकेको छ,” ओलीले भने।

उनले लोकतान्त्रिक शक्तिहरूबीच न्यूनतम समझदारी र सहकार्यको आवश्यकता औँल्याउँदै संविधानको रक्षाका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताए।

तपाईको बिचार

सम्बन्धित खबर