काठमाडौ । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले देश गम्भीर सङ्कटतर्फ उन्मुख रहेको भन्दै अब राजनीतिक नेतृत्वसँग बहस होइन, स्पष्ट जवाफ र ठोस परिणाम आवश्यक भएको बताएका छन्।
चार दशकभन्दा लामो राजनीतिक यात्राको स्मरण गर्दै बाँस्कोटाले देशको वर्तमान अवस्था चिन्ताजनक बनेको टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको सन्देशमा उनले समस्या, कारण र समाधानका विषयमा निरन्तर छलफल भए पनि व्यवहारिक नतिजा देखिन नसकेको उल्लेख गरेका छन्।
“हामी प्रायः आफैंमा सीमित भयौं र अन्ततः देशले कठिन अवस्था भोग्नुपर्यो,” बाँस्कोटाले लेखेका छन्, “अब समय फेरिएको छ, देशले नेतृत्वसँग तर्क होइन, परिणाम खोजिरहेको छ।”
उनका अनुसार देश र जनता सबै हिसाबले तयार भइसकेका छन् र अब नेतृत्वले जिम्मेवारीबोधका साथ परिणाम दिनुपर्ने बेला आएको छ।
तपाईको बिचार