कब्जा गरिएका क्षेत्रबाट युक्रेनी सेना नहटेसम्म युद्ध रोकिदैन : पुटिन

कब्जा गरिएका क्षेत्रबाट युक्रेनी सेना नहटेसम्म युद्ध रोकिदैन : पुटिन

581

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी युद्ध अन्त्य गर्ने प्रमुख सर्तहरू दोहोर्‍याएका छन् । पुटिनले आफुहरुले दाबी गरेको क्षेत्रहरूबाट युक्रेनले आफ्नो सेना फिर्ता गरेपछि मात्र रूसले युद्ध रोक्ने स्पष्ट गरेका छन् ।

पुटिनले लामो समयदेखि आफुले कब्जा गरेका युक्रेनी क्षेत्रहरूको कानुनी मान्यताको माग गर्दै आएका छन् । यसमा २०१४ मा कब्जा गरिएको क्रिमिया र पूर्वी डोनबास क्षेत्र समावेश छन्, जसमध्ये धेरैजसो अहिले रूसी नियन्त्रणमा छन् । युक्रेनले डोनबास छोड्न निरन्तर अस्वीकार गरेको छ ।

पुटिनको भाषणपछि, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रूसले युद्धलाई साँच्चै अन्त्य गर्ने प्रयासहरूलाई बेवास्ता गरेको आरोप लगाएका छन् ।

किर्गिस्तानको भ्रमणको क्रममा पत्रकारहरूसँग कुरा गर्दै, पुटिनले युक्रेनलाई ुअन्तिम युक्रेनीसम्म लड्नु चाहेको आरोप लगाए ।

यसअघि, जेलेन्स्कीले रूस र युक्रेन बीचको युद्ध अन्त्य गर्न अमेरिकी शान्ति सम्झौतामा सहमत भएको बताइएका थियो । गत हप्ता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २८(बुँदे शान्ति योजना प्रस्ताव गरेका थिए, जुन गत सप्ताहन्तमा जेनेभामा छलफल र अपडेट गरिएको थियो ।

यसैबीच पुटिनले अमेरिकी विशेष दूत स्टिभ विटकफ सहितको एक अमेरिकी प्रतिनिधिमण्डल अर्को हप्ताको सुरुमा रूस आइपुग्ने बताएका छन् ।

तपाईको बिचार