‘हास्छ अमेरिका’ लिएर नेपाली चर्चित हास्यकलाकारहरूको टोली अमेरिका आइपुग्यो

739

टेक्सस (अमेरिका) । नेपालका चर्चित हास्यकलाकारहरूको टोली अमेरिकामा रहेका नेपाली दर्शकलाई हसाउने उद्देश्यसहित अमेरिका आइपुगेको छ। फेम नेपालको तत्वावधानमा ‘हास्छ अमेरिका’ भोलुम–१ लिएर पाँचजना लोकप्रिय हास्य कलाकार अमेरिका आएका हुन्।
अमेरिका आउने कलाकारहरूमा हाल चर्चित कमेडी क्लब विथ च्याम्पियन हास्य टिभी शोमा सक्रिय भरतमणि पौडेल, सुमन कोईराला, सुमन कार्की, मेक्सम गौडेल र कैशाल कार्की रहेका छन्।

कलाकार टोलीले अमेरिकाका विभिन्न राज्य तथा शहरहरूमा प्रस्तुति दिँदै नेपाली समुदायलाई हसाउने फेम नेपालका सञ्चालक विमल पछाईले जानकारी दिए। सनराइज इन्टरटेन्मेन्टसँगको सहकार्यमा यो अमेरिका टुर आयोजना गरिएको बताउँदै उनले विभिन्न शहरमा स्थानीय आयोजकलाई समेत समेटेर कार्यक्रम गरिने बताए।

कार्यक्रम फेब्रुअरीको पहिलो सातादेखि सुरु भई अमेरिकाका १४ भन्दा बढी स्थानमा आयोजना हुने जनाइएको छ। केही कार्यक्रमको मिति तय भइसकेको र बाँकी तय गर्ने क्रममा रहेकाले आगामी दिनमा शहर र मितिबारे थप जानकारी सार्वजनिक गरिँदै जाने पछाईले जानकारी दिए।

अमेरिकाको व्यस्त जीवनशैलीमा रहेका नेपालीलाई हसाउने कोशेली लिएर आफूहरू आएको कलाकारहरूले फेम नेपालले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा बताएका छन्।

तपाईको बिचार