ललितपुरमा आफ्नै बहिनीको प्रेमीलाई खुकुरीले छप्काएका युवक पक्राउ

ललितपुरमा आफ्नै बहिनीको प्रेमीलाई खुकुरीले छप्काएका युवक पक्राउ

627

काठमाडौ । प्रहरीले खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । ललितपुरको महालक्ष्मी नगरपालिका–४, ओचु हाइटको शिव मन्दिरभित्र टाउकोमा खुकुरी प्रहार गरी हत्या गरिएको अवस्थामा एक युवकको शव फेला परेको हो ।

रामेछाप घर भएर महालक्ष्मी नगरपालिका–४ ओचुहाइट बस्ने ३० वर्षीय रिपक खातीको हत्या भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरहरि रेग्मीले जानकारी दिए । गए राति पौने १ बजेतिर रामेछाप घर भएका सुमन रसाइलीले उनलाई खुकुरी प्रहार गरेर हत्या गरेका हुन् । हत्यामा संलग्न २५ वर्षीय रसाइलीलाई पक्राउ गरिएको एसपी रेग्मीले बताए । आपसमा विवाद हुँदा आरोपीले खुकुरी प्रहार गरेका हुन् । मृतकको घाँटीको दुवै भाग र गालामा चोट देखिएको छ ।

उनी रगतले लतपतिएको धारिलो हतियारसहित पक्राउ परेको र उनले हत्या गरेको बताएपछि प्रहरीले त्यहाँ शव फेला पारेको प्रहरी वृत सातदोबाटोका इन्चार्ज प्रहरी नायव उपरीक्षक चित्र भट्टराईले जानकारी दिए । व्यक्तिगत सिसिइबीका कारण हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको प्रहरीको भनाइ छ । स्थानीयले भने मृतक युवा पक्राउ परेका व्यक्तिको बैनीबीच प्रेम सम्बन्धको विषयमा विवाद रहेको जनाइएका छन् । स्थानीयका अनुसार मृतक युवक पक्राउ परेका व्यक्तिको बैनीसँग प्रेम सम्बन्धमा थिए । जसका कारण झगडा भएको बताइएको छ । प्रहरीले घटनाको बारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

तपाईको बिचार