काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्रीदेखि मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्न माग गरेको छ।
प्रतिनिधि सभाको जारी बैठकमा रास्वपा सांसद असिम शाहले शून्य समयमा बोल्दै प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्न माग गरेका छन्।
‘सरकारमा रहेका प्रधानमन्त्रीदेखि मन्त्रीहरूले अहिलेसम्म सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन्, भाषणमा पारदर्शिताको नारा घन्काउनेहरू किन यसबारेमा मौन छ?’ उनले प्रश्न गरेका छन्। उनले तत्काल सम्पत्ति विवरण सार्वजनिक गर्न पनि माग गरेका छन्।
तपाईको बिचार