उर्लाबारी । २०८० साल कात्तिक २६ गते । लक्ष्मीपूजाको दिन । मोरङको उर्लाबारी-७ बरगाछीस्थित दीपक कार्कीको घरमा रहेको सुनचाँदी पसलमा भएको आगलागीमा परी पाँच जनाको मृत्यु भयो।
आगलागी नियन्त्रणका क्रममा ४ प्रहरी र २४ स्थानीय गरेर २८ जना घाइते भए । सो आगलागी परि घाईते भएकाहरुले क्षतिपूर्ती नपाएको र जिवनयापन गर्न सकस भएको बताएका छन् ।
‘मर्नेहरु त मर्नुभयो, परिवारलाई दुखपीडा त अवश्य हुन्छन नै, हामी पनि जिँउदो लाश भएर बाँचेका छौ, बहुत पीडा छ । बरु मरेकै भए हुन्थियो जस्तो लाग्छ, घाईते राजिव दियालीले भने, हाम्रो पक्षमा बोलदिने कोहीँ छैन, न त नप्रतिनिधिको साथ छ।’ उनले घरधनि पनि आफ्नो हितमा मात्रै लागिपरेको आरोप लगाए।
उर्लाबारीमा अलराउण्ड डान्स सेन्टर सन्चालन गर्छन दियाँली । डान्स सेन्टर सन्चालन गरेर जिविकोपार्जन भईरहेको थियो । तर दियालीलाई आगलागीमा परेपछि निक्कै समस्या भईरहेको छ। उनी भन्छन्, ‘जलेपछि पहिले जस्तो काम गर्न सकेको छैन्। जलन भएको हात चिलाउछ, पोल्छ । बाहिर खुलेर निस्किन सकेको छैन् । काममा फर्किन सक्या छैन्।’
‘अरुको घर परिवार जोगाउन ज्यानको बाजि लगाएर लाँगियो, कतिको ज्यान गयो । तर घरधनीले फर्किएर हेर्नुभएको छैन’, दियालीले भने ।आगलागीमा परेर घाईते भएका २७ बर्षीय बिक्रम शाहाको पीडा दियालीको भन्दा कम छैन् । छुट्टै छ । आगलागीमा पर्नु अघि उनी किरानामा काम गर्थे, सगाँउथे । मासिक १० हजार तनखा हुन्थियो । तर अहिले उनी स्वास्थ्य अवस्थाको कारण काममा फर्किन सकेका छैनन् ।
एक छोरी र श्रीमतीसँग बस्दै आँएका शाह हात खुट्टा ढाड र गालामा जलन भएको बताउँछन् । कैयौंँ रात भोकै सुतेको उल्लेख गर्दै उनले नुन पानी भात खाँएर पनि रात कटाएको उल्लेख गरे । उनी भन्छन्, ‘म काम गर्न सक्दिन, श्रीमतीलाई जागिर भए हुन्थ्यो’
सम्भवतः नेपालकै ठुलो घटना हो, उर्लाबारीमा आगलागी । राज्यका हरेक निकायको चाँसो भएको थियो । आाश्नवासन र सपनाहरु देखाईएको थियो ।
तर अहिले सबै कुरा सेलाएको र आफूँहरुको समस्या ज्यूँका त्यूँ रहेको आगलागी पीडितको दुखेसो छ ।
सुन पसलमा भएको आगलागीमा परी उर्लाबारी नगरपालिका-७ का ४३ वर्षीय रामनरेश मरिता, ६८ वर्षीय रुकुमबहादुर कार्की, ४२ वर्षीय कुमार तामाङ, ४९ वर्षीय हेमकुमार दाहाल र ४३ वर्षीय तपन पण्डितको मृत्यु भएको थियो ।
आगलागी नियन्त्रणमा लिने प्रयास गरिररहेका बेला ग्यास सिलिण्डर विष्फोट भएको थियो । सो घटनामा चार प्रहरीसहित २८ जना स्थानीय घाइतेसमेत भएका थिए । आगलागीबाट साढे तीन करोड बराबरको क्षति भएको थियो ।
तपाईको बिचार