काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले आज पाँँच जिल्लामा भेला आयोजना गरेको छ ।
जिल्ला समिति गठन, संगठन निर्माण, यसअघि जिल्ला समिति संरचना रहेको जिल्लाहरूमा रिक्त पदहरूको पदपूर्ति र जिल्ला भित्रका निर्वाचन क्षेत्र, पालिका, वडा संगठन निर्माणसम्बन्धी कार्ययोजना छलफलका लागि भेला आयोजना गरिएको हो ।
रास्वपाले आज कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका पाँच वटा जिल्लामा भेला आयोजना गर्न लागेको सो पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।कर्णालीको सल्यान, लुम्बिनीको बाँके, गण्डकीको नवलपुर, बागमतीको नुवाकोट र भक्तपुरमा भेला आयोजना गरिएको रास्वपाले जनाएको छ ।
भेलाका लागि सल्यानमा कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटी, बाँकेमा केन्द्रीय सदस्य एवं सांसद लक्ष्मी तिवारी, नवलपुरमा केन्द्रीय सदस्य राजन गौतम र सबिना बिक, नुवाकोटमा उपसभापति डिपी अर्याल, कार्यवाहक प्रवक्ता मनिष झा, केन्द्रीय सदस्य रामकृष्ण भट्टराई र भक्तपुरमा उपसभापति अर्याल, कोषाध्यक्ष लिमा अधिकारी, संसदीय दलका प्रमुख सचेतक सन्तोष परियार, केन्द्रीय सदस्य कुसुम महर्जन र प्रमिला कुलुज खटिएका छन् ।
तपाईको बिचार