नुवाकोट, २ पौष । अर्थमन्त्री डा. प्रकाशशरण महतले क्षणभरमा महत्वाकाङ्क्षा पूरा गर्ने उद्देश्य लिएको राजनीतिक दल दिगो नबन्ने बताए ।
सोमबार नेपाली कांग्रेस नुवाकोटको सम्मेलनमा बोल्दै उनले भने, ‘हामीले बुझिराखौं, भ्रम पैदा गर्ने राजनीति दल दीगो हुँदैन ।’
उनले एनसेलबारे बोल्दै कर छलेको पाइए सरकारले नछाड्ने चेतावनी दिएका छन् । अर्थमन्त्री महतले सरकारले छानविन समिति बनाएको र करछली गरेको पाइए नछाड्ने बताए । उनले भने, ‘किनबेच अर्थ मन्त्रालयले हेर्दैन, प्राधिकरणले हेर्छ, त्यसको छानविन हुँदैछ ।’
तपाईको बिचार