सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री नियुक्त भएपछि संवैधानिक व्यवस्थाअनुसार उनले दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिन लागेका हुन्।
मुख्यमन्त्री शाहीले विश्वासको मतका लागि प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराइसकेका छन्। आज बस्ने प्रदेशसभा बैठकमा उक्त प्रस्तावमाथि छलफल भएपछि विश्वासको मतका लागि मतदान हुने कार्यसूची रहेको छ।
यसैबीच, विश्वासको मतका पक्षमा प्रदेशसभामा रहेका दल तथा सांसदहरूको समर्थन जुटाउने विषयमा समेत छलफल भइरहेको छ। एमाले र नेकपाबीचको छलफलपछि कर्णालीको सत्ता समीकरण तथा सरकार सञ्चालनबारे थप विषय स्पष्ट हुने अपेक्षा गरिएको छ।
मुख्यमन्त्री शाहीका लागि विश्वासको मत प्राप्त गर्नु सरकारलाई स्थायित्व दिनका साथै आगामी राजनीतिक समीकरणलाई स्पष्ट पार्ने महत्वपूर्ण चरणका रूपमा हेरिएको छ।
तपाईको बिचार