प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूत झाङको शिष्टाचार भेट

567

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले शिष्टाचार भेटवार्ता गरेका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार भएको भेटमा प्रधानमन्त्री शाह र राजदूत झाङबीच नेपाल–चीन सम्बन्ध तथा आपसी हितका विषयमा छलफल भएको हो।

भेटका क्रममा दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने, पारस्परिक हित तथा सहकार्यका क्षेत्रलाई प्रभावकारी रूपमा अघि बढाउनेलगायतका विषयमा विचारविमर्श भएको बताइएको छ।

नेपाल र चीनबीच लामो समयदेखि कायम रहेको मैत्रीपूर्ण सम्बन्ध, विकास साझेदारी तथा आपसी सहयोगलाई थप विस्तार गर्ने विषयमा समेत भेटवार्तामा छलफल भएको जनाइएको छ।

प्रधानमन्त्री शाहसँग राजदूत झाङको भेटलाई नेपाल–चीनबीचको उच्चस्तरीय कूटनीतिक संवाद र सहकार्यलाई निरन्तरता दिने क्रममा भएको शिष्टाचार भेटका रूपमा लिइएको छ।

तपाईको बिचार