प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेट

565

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले सोमबार शिष्टाचार भेटवार्ता गर्नुभएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध, पारस्परिक हित, विकास साझेदारी तथा आपसी सहकार्यका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

भेटका क्रममा राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई शुभकामना व्यक्त गर्दै नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध र सहकार्यलाई आगामी दिनमा अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

जवाफमा प्रधानमन्त्री शाहले नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा बहुआयामिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रहरूमा सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिनुभएको थियो।

भेटवार्तामा दुई देशबीच विकास साझेदारी, पारस्परिक हितका परियोजना तथा आपसी सहयोगलाई थप प्रभावकारी बनाउने विषयमा समेत विचार आदानप्रदान भएको बताइएको छ।

तपाईको बिचार