काठमाडौं— नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेड (नेको) ले २०औं बार्षिक साधारणसभा सम्पन्न गर्दै राजेन्द्र पाण्डेको अध्यक्षतामा नयाँ सञ्चालक समितिको निर्वाचन सम्पन्न गरेको छ। स्वयंम्भुस्थित मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पताल सञ्चालन गरिरहेको नेपाल स्वास्थ्य सहकारी संस्था लिमिटेड (नेको) को यही जेठ ३१ गते सम्पन्न २० औँ वार्षिक साधारण सभाबाट अध्यक्षमा राजेन्द्र पाण्डे विजयी भएका हुन् ।
अध्यक्षमा विजयी पाण्डेले ३५६ मत ल्याएर भने उनका निकटतम प्रतिद्वन्द्वी ई. गम्भीरलाल श्रेष्ठले २४८ मत ल्याए । यस्तै, तेस्रो स्थानमा रहेका शिवप्रसाद सिम्खडाले १०२ मत पाएका थिए ।
त्यस्तै, उपाध्यक्ष पदमा डा. झलक शर्मा गौतम २९१ र हरिप्रसाद उप्रेती ३०१ मतका साथ विजयी भए । यस्तै, सचिव पदमा टेकबहादुर बम २९३ मतका साथ निर्वाचित भए । सहसचिव राजु ढकाल २७६ मतका साथ विजयी भए भने कोषाध्यक्षमा चुनावेदी केसी खड्का २४३ मत ल्याएर विजयी भइन् । सदस्यहरुमा ईश्वरी खनाल २७१, लक्ष्मी राई २८३, शोभा सापकोटा ३११, डा. रविन्द्र रेग्मी ३१६ र बोधकुमार अधिकारी २८३ मतका साथ विजयी भए ।
२०औं साधारणसभाले संस्थाको समीक्षा आर्थिक वर्ष २०८१/८२ र २०८२ /८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन , लेखा परीक्षण प्रतिवेदन , अन्य वित्तीय प्रतिवेदनहरु र संस्थाको विनियम संशोधनबारे सुझाव सहित पारित गरेको छ।
सहकारीको साधारण सभाले संस्थाले बैंकबाट लिएको कर्जा फिर्ता गर्ने प्रयोजनको लागि आवश्यकता अनुसार यस संस्थाको नाममा विभिन्न मालपोत कार्यालयहरूमा दर्ता कायम रहेका जग्गा प्रचलित कानुन बमोजिम बिक्री गर्ने निर्णय गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ।
तपाईको बिचार