नीति दिशाहीन हुँदा देश भू–राजनीतिक भँवरीमा फस्यो : गोकुल बास्कोटा

723

काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटा ले नीति र दृष्टिकोण स्पष्ट नहुँदा देश गम्भीर भू–राजनीतिक भँवरीमा फसेको टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले देश नबन्नुको दोष व्यक्तिमा थोपर्ने प्रवृत्ति खतरनाक भएको बताए।

बास्कोटाले पछिल्लो समय ‘नव जेलनेस्की’ खोज्ने बहस चलाइए पनि मूल समस्या नेतृत्वभन्दा नीति र व्यवहारमै रहेको उल्लेख गरेका छन्। “देश उकास्नेभन्दा पनि दोष कसलाई दिने भन्ने प्रतिस्पर्धा बढेको छ,” उनको टिप्पणी छ।

उनका अनुसार दलहरूले सत्तासँग साझेदारी गर्दै आफ्नै कमजोरी लुकाउने प्रयास गरेका कारण नीति स्पष्ट हुन सकेको छैन। नीति जहाँ जान्छ, त्यहीँको लयमा नाच खोज्ने प्रवृत्तिले देशलाई अस्थिरतातर्फ धकेलेको उनले बताए।

बास्कोटाले वर्तमान अवस्थालाई भू–राजनीतिक चुनौतीसँग जोड्दै आत्ममूल्यांकन, स्पष्ट नीति र दीर्घकालीन दृष्टिकोण बिना देशले सही दिशा लिन नसक्ने चेतावनी दिएका छन्।

तपाईको बिचार