पाल्पा, १ फागुन । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अहिलेको मुख्य बहस चुनाव कसले जित्छ भन्ने होइन, देश कसले गाँस्न र समन्वय गर्न सक्छ भन्ने भएको बताएका छन्।
तानसेनमा आयोजित पार्टीको अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले चुनावी गणनाभन्दा देशको अवस्था र भविष्यप्रति चिन्ता गर्नुपर्ने बताए। जिल्लाका कांग्रेसका दुवै उम्मेदवार सहभागी भेलामा उनले प्रश्न गरे, “०८४ मा हुनुपर्ने चुनाव ०८२ मै किन भयोरु ७४ आमाको काख किन रित्तियोरु सिंहदरबार किन जल्यो?” यी प्रश्नको जरो पहिचान गरेर देशलाई सही दिशामा लैजान सक्ने क्षमता कससँग छ भन्ने नै निर्णायक हुने उनको भनाइ थियो।
शर्माले जेन–जीपछिको पुस्ता ‘अल्फा’सम्म विद्रोहको अवस्था नआओस् भन्न नयाँ दृष्टि, नयाँ योजना र नयाँ नेतृत्व आवश्यक रहेको उल्लेख गरे। चुनावी जित–हारपछि पनि सबै मिलेर राष्ट्र निर्माणमा लाग्नुपर्नेमा जोड दिँदै उनले नयाँ आशा र नयाँ विश्वास जगाउन आग्रह गरे।
चुनावी प्रतिस्पर्धालाई शत्रुताको रूपमा नलिने स्पष्ट पार्दै उनले कांग्रेसले सबैसँग हार्दिक प्रतिस्पर्धा गर्ने प्रतिबद्धता व्यक्त गरे।
तपाईको बिचार