स्कोडा कायलाक सार्वजनिक, कति पर्छ मूल्य?

661

स्कोडा नेपालले बहुप्रतीक्षित स्कोडा कायलाकलाई औपचारिक रूपमा सार्वजनिक गरेको छ, जसले कम्प्याक्ट एसयुभी सेग्मेन्टमा ब्रान्डका लागि महत्वपूर्ण उपलब्धि थपेको छ। चन्द्रागिरि हिल्समा आयोजित लन्च कार्यक्रममा कम्पनीको नेतृत्व, व्यावसायिक साझेदार, इन्फ्लुएन्सर र सञ्चारकर्मीहरूको उपस्थितिले यस मोडलप्रति नेपालमा देखिएको उत्साह झल्काएको थियो।

कार्यक्रमको उद्घाटन एमएडब्लू ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवाल र एमएडब्लू एक्सपान्ज प्रा. लि. का कार्यकारी निर्देशक रौनक अग्रवालले संयुक्त रूपमा गरे। उहाँहरूले कायलाकलाई केवल सहरका लागि मात्र नभई हाइवे र पहाडी सडकका लागि समेत उपयुक्त एसयुभीका रूपम गरे।

कायलाकले १७८ Nm टर्क र ११५ bhp पावर दिने टर्बोचार्ज्ड पेट्रोल इन्जिनद्वारा सञ्चालित हुने हुँदा उकालो, ग्राभेल सडक तथा अनिश्चित सतहमा पनि सहज र नियन्त्रणसहितको ड्राइभिङ अनुभव प्रदान गर्छ। यसको मूल्य ने.रू. ४५.९० लाखदेखि सुरु हुँदै अटोमेटिक मोडल ने.रू. ५२.९० लाखमा उपलब्ध छ।

तपाईको बिचार