१० फागुन , काठमाडौं । शैलेश्वरी पावर नेपाल लिमिटेडको तेस्रो वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष लाल बहादुर बमको सभापतित्वमा काठमाडौंमा सम्पन्न भएको सभामा कम्पनीका प्रवन्ध संचालक जगदीश बहादुर पालले कम्पनिले सन्चालन गरेको जलविद्युत आयोजनाको प्रगति विवरणको सम्बन्धमा संस्थापकहरुबीच जानकारी दिएका थिए।
साधारणसभाले कम्पनीको समीक्षा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन , लेखापरीक्षण प्रतिवेदन र संचालक समितिले गरेका निर्णय तथा काम कारवाहीहरु छलफल र सुझावसहित पारित गरेको छ।
कम्पनीले सर्वसाधारणको लागी प्रारम्भिक सार्वजनिक निष्कासन ( आईपिओ ) जारी गर्ने र त्यसबाट प्राप्त पूँजीको उपयोग सम्बन्धि सम्पूर्ण अख्तियारी सभाले संचालक समितिलाई प्रदान गरेको छ।
शैलेश्वरी पावर लिमिटेडले सुदूरपश्चिम प्रदेशको डोटी जिल्लाको, पूर्वीचौकी गाउँपालिका वडा नं. ३, ४ र ५ भएर बहने गण्डीगाडमा १.५५ मे.वा. क्षमताको माथिल्लो गड्डीगाड जलविद्युत आयोजना निर्माण सम्पन्न गरेर मिति २०८२ कार्तिक ०९ गतेदेखि व्यवसायीक उत्पादन शुरु गरेको छ। कम्पनीको चुक्ता पूँजी रु. १९,४६,९८,०००/- रहेको छ।
तपाईको बिचार