नेपालमा स्कोडा कायलाक आधिकारिक रूपमा सार्वजनिक

721

काठमाडौँ, १ फागुन । स्कोडा नेपाल ले बहुप्रतीक्षित स्कोडा कायलाकलाई औपचारिक रूपमा सार्वजनिक गरेको छ। कम्प्याक्ट एसयुभी सेग्मेन्टमा ब्रान्डको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको यो मोडल राजधानी नजिकैको चन्द्रागिरि हिल्स मा आयोजित भव्य कार्यक्रममा सार्वजनिक गरिएको हो। कार्यक्रममा कम्पनी नेतृत्व, व्यावसायिक साझेदार, इन्फ्लुएन्सर र सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति थियो।

लन्च कार्यक्रमको उद्घाटन एमएडब्लू ग्रुप का अध्यक्ष विष्णु कुमार अग्रवाल र एमएडब्लू एक्सपान्ज प्रा. लि. का कार्यकारी निर्देशक रौनक अग्रवालले संयुक्त रूपमा गरेका थिए। उनीहरूले कायलाकलाई सहर, हाइवे र पहाडी सडक—तीनै अवस्थाका लागि उपयुक्त एसयुभीका रूपमा प्रस्तुत गर्दै नेपालको विविध सडक अवस्थालाई ध्यानमा राखेर इन्जिनियर गरिएको बताए।

कम्प्याक्ट आकार हुँदाहुँदै पनि दमदार रोड प्रेजेन्स र स्मूथ ड्राइभिङ अनुभव दिने कायलाक ११५ bhp पावर र १७८ Nm टर्क उत्पादन गर्ने टर्बोचार्ज्ड पेट्रोल इन्जिनबाट सञ्चालित छ। यसले सहज ओभरटेक, उकालोमा मजबुत चढाइ तथा दैनिक यात्रामा आरामदायी अनुभव सुनिश्चित गर्छ। ग्राभेल र अनिश्चित सतहमा समेत सन्तुलित पावर डेलिभरीले नियन्त्रणसहितको प्रदर्शन दिने कम्पनीको दाबी छ।

कायलाक ने.रू. ४५.९० लाखदेखि उपलब्ध छ भने अटोमेटिक भेरियन्ट ने.रू. ५२.९० लाखबाट सुरु हुन्छ। अटोमेटिक भर्सनले ट्राफिक र उकालोमा स्टप–गो ड्राइभिङलाई थप स्मूथ र तनावमुक्त बनाउने बताइएको छ।
सुरक्षाको पक्षमा स्कोडाको फाइभस्टार इन्जिनियरिङ परम्परालाई निरन्तरता दिँदै कायलाकले Euro NCAP र Bharat NCAP जस्ता ग्लोबल क्र्यास टेस्ट कार्यक्रमबाट फाइभस्टार रेटिङ प्राप्त गरेको छ। मनाङ, ढोरपाटन र तीनजुरे (३,७५६ मिटर) जस्ता चुनौतीपूर्ण भू–भागमा गरिएको परीक्षणले वास्तविक अवस्थाका लागि यसको क्षमतालाई पुष्टि गरेको कम्पनीले जनाएको छ।

भारतमा सार्वजनिक भएको पहिलो वर्षमै ५० हजारभन्दा बढी युनिट बिक्री भएको कायलाकले AutoX, Jagran HiTech, Car & Bike Awards र MotorScribes बाट “कार अफ द इयर २०२५” लगायतका सम्मानहरू जितिसकेको छ।

कार्यक्रममा विष्णु अग्रवालले भने, “कायलाक हरेक उकालोमा आत्मविश्वास र हरेक सडकमा नियन्त्रण दिने गाडी हो। नेपालको अनिश्चित सडक अवस्थालाई ध्यानमा राखेर यसको पावर वास्तवमै प्रयोग गर्न मिल्ने गरी इन्जिनियर गरिएको छ।”

रौनक अग्रवालले थपे, “स्कोडाको 12-12-12-12 कार्यक्रममार्फत किफायती मर्मतसम्भार र तनावमुक्त स्वामित्व अनुभव उपलब्ध गराउँदै कायलाकले सहरदेखि पहाडसम्म प्रिमियम ड्राइभिङ अनुभव दिन्छ।”
आधिकारिक सार्वजनिकसँगै स्कोडा कायलाकले पावर, सुरक्षा र भू–भागमा क्षमताको सन्तुलित संयोजन दिने कम्प्याक्ट एसयुभीका रूपमा नेपाली बजारमा आफूलाई स्थापित गरेको छ।

तपाईको बिचार