‘अपारदर्शी रूपमा आर्थिक सहयोग र चन्दा नदिनू’ : निर्वाचन आयोग

766

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दल एवं उम्मेदवारहरुलाई अपारदर्शी रुपमा आर्थिक सहयोग एवं चन्दा नदिन आग्रह गरेको छ ।

उद्योगी, व्यवसायीहरुलाई बहादुरभवनस्थित कार्यालयमा नै बोलाएर आयोगका पदाधिकारीहरुले सकेसम्म बैंक खाताबाट नै कारोवार गर्न र २५ हजारभन्दा कम चन्दा दिनुपरेमा अनिवार्य रुपमा रसिद काट्न आग्रह गरेका हुन् ।

निर्वाचन आयोगले केही दिनअघि राजनीतिक दल एवं उम्मेदवारहरुका लागि बैंक खातासम्बन्धी कार्यविधि ल्याएर खाता खोल्न अनिवार्य गरेको थियो । उमेदवारहरुले खाता बाहिरबाट नगद कारोवार गर्न नपाउने व्यवस्था गरिएको छ ।

निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरुलाई आयोगमै बोलाएर यसपालीदेखि आर्थिक सहयोग र चन्दालाई अझ बढी पारदर्शी बनाउने प्रयास भएकाले सहयोग गरिदिन आग्रह गरिएको बताए ।

तपाईको बिचार

सम्बन्धित खबर