संघीय संसद अन्तर्गतका ३ समितिको बैठक बस्दैँ

645

काठमाडौं । संघीय संसद अन्तर्गतका तीन समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालय परिसर, सिंहदरवारमा उक्त बैठक बस्नेछन् ।

जसअनुसार अर्थ समितिको बैठक बिहान ८ बजे देखी नेपाल राष्ट्र बैंकका गभर्नरसँग छलफल गरिदैँछ । जुन छलफलमा आ।व। २०८३र८४ को मौद्रिक नीति कार्यान्वयनको प्रगति सम्बन्धमा, बैंक तथा वित्तीय संस्थाहरूमा बढ्दो अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले लिएका विशेष नीति तथा कार्यक्रम र तिनको प्रभावकारिता सम्बन्धमा, नेपाल सरकारको स्वामित्वमा रहेका बैंक तथा वित्तीय संस्थाहरूको विगत तीन वर्षदेखिको कार्यसम्पादनको अवस्था र थप प्रभावकारी बनाउन अख्तियार गर्नुपर्ने रणनीति, बैक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित नीतिगत तथा कानूनी सुधारका विषयहरूमा छलफल हुने भएको छ ।

उता, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान ९ः३० बजे बोलाइएको छ, जहाँ समितिको आन्तरिक कार्यविधिका सम्बन्धमा छलफल हुनेछ भने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको आगामी आ।व। २०८३र८४ को बजेट तथा वार्षिक कार्यक्रमको वारेमा छलफल गरिनेछ ।

तपाईको बिचार

सम्बन्धित खबर