चुनावमा गठबन्धन नेताको होइन, जनताको मनबन्धन निर्णायक हुन्छ : गोकुल बास्कोटा

756

काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले आगामी निर्वाचनमा गठबन्धन नेताहरूको आपसी समझदारीभन्दा जनताको मनोभाव नै निर्णायक हुने बताएका छन्। वर्तमान राजनीतिक घटनाक्रम जनमत परिवर्तन गर्ने अन्तिम प्रयासतर्फ उन्मुख हुँदै गएको उनको टिप्पणी छ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै बास्कोटाले संसद पुनःस्थापनाको आशामा समय बितिरहेकै बेला अब जनताको मत परिवर्तन गराउने प्रयास तीव्र बन्दै गएको संकेत गरेका छन्। तर गठबन्धनले जनताको सोच र चाहनालाई आफू अनुकूल मोड्न सहज नहुने उनको भनाइ छ।

“चुनावमा गठबन्धन नेताको मनबन्धन होइन, जनताको मनबन्धन निर्णायक हुन्छ,” बास्कोटाले लेखेका छन्, “गठबन्धन नेताहरूबीचको सहमतिले जनताको मन भत्काउन सक्दैन।”

उनले अन्ततः राजनीतिक प्रक्रियामा ‘म्याच फिक्सिङ’को सम्भावना खोजिँदै गएको संकेतसमेत गरेका छन्। जनताको चाहना र निर्णयलाई बेवास्ता गर्दै गरिने कुनै पनि राजनीतिक समीकरण दीर्घकालीन रूपमा टिक्न नसक्ने उनको भनाइ छ।

तपाईको बिचार

सम्बन्धित खबर