प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आचारसंहिता लागू, अनुगमन अधिकारी नियुक्त

843

काठमाडौँ । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय रूपमा सम्पन्न गर्न निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको छ।

आयोगले २०८२ साल फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आचारसंहिता, २०८२ लाई २०८२ माघ १० गते राति १२ बजेदेखि लागू हुने गरी स्वीकृत गरेको जनाएको छ।

निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न आयोगले जिल्ला तहमा आचारसंहिता अनुगमन अधिकारी नियुक्त गरेको छ। निर्वाचन आचारसंहिता, २०८२ को दफा ३२ बमोजिम सम्बन्धित जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई अनुगमन अधिकारीको जिम्मेवारी तोकिएको छ।

आयोगका अनुसार आर्थिक बाहेकका विषयमा सहायक प्रमुख जिल्ला अधिकारीले अनुगमन गर्नेछन् भने आर्थिक विषयसँग सम्बन्धित अनुगमनको जिम्मेवारी प्रमुख कोष नियन्त्रक तथा कोष नियन्त्रकहरूलाई दिइएको छ।

निर्वाचन आयोगले आचारसंहिताको पूर्ण पालना गरी निर्वाचनलाई निष्पक्ष र विश्वसनीय बनाउन सबै सरोकारवाला पक्षलाई सहयोग गर्न आग्रह गरेको छ।

तपाईको बिचार

सम्बन्धित खबर