काठमाडौ । काठमाडौँमा आयोजित उज्यालो नेपाल काठमाडौँ–रामेछाप मञ्च गठन कार्यक्रमलाई सम्बोधन गर्दै उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको छोटो अवधिको सहकार्यलाई एक नराम्रो दुर्घटनाु को संज्ञा दिनुभएको छ।
उक्त १२ दिने एकताको समयमा आफ्नो पार्टी कोमामा पुगेको टिप्पणी गर्दै उहाँले अबका दिनमा उज्यालो नेपाल पार्टीको नाम र चुनाव चिन्ह कुनै पनि दलसँग विलय नगर्ने स्पष्ट पार्नुभयो। अन्य दलहरू आफ्नो पार्टीमा मिसिन आए स्वीकार गरे पनि आफूहरू कतै समाहित नहुने अडान राख्दै अध्यक्ष घिसिङले नयाँ भनिएका दलहरू निर्वाचनका बेला तडकभडक र फजुल खर्चमा लागेकोमा दुःख व्यक्त गर्नुभयो।
साथै, विद्युत प्राधिकरणको नेतृत्व गर्दा प्राप्त उपलब्धिहरूको स्मरण गर्दै उहाँले मुलुकको समग्र समृद्धिका लागि आफ्नो पार्टी नै एक मात्र विकल्प रहेको दाबी समेत गर्नुभयो।
तपाईको बिचार