काठमाडौं । शुक्रबार देखि राप्रपा केन्द्रीय कार्यलयमा अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यकक्ष बाहिर आगामी निर्वाचनमा समानुपतिक सूचीमा उचित मापदण्ड नभएको भन्दै महिलाहरुको अनसशन जारी छ। राप्रपा केन्द्रीय सदस्य नानी मैया आचार्यको नेतृत्वमा यो अनशन जारी छ।
तर शान्तीपूर्ण आन्दोलनका पक्षमा उत्रिने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन भने आफ्नै पार्टीका केन्द्रीय सदस्यको नेतृत्वमा भएको अनशन माथि असहिष्णु देखिए । शुक्रबार दिउँसो आफनै कार्यकक्षा बाहिर अनशन बसेका महिला माथि तँ त ममको शैलीमा उनी प्रस्तुत भएको देख्दा सबै आश्चर्य चकित भएका थिए। उनीहरुले अध्यक्षबाट यस्तो शैली प्रदर्शन होला भन्ने अपेक्षा समेत गरेका थिएनन् ।
उनकै अगाडी अनसन बसेकाहरुले प्रयोग गरेको कार्पेट लगायतको सामग्री च्यातिदाँ उनी बिजय भावमा प्रस्तुत भएका थिए । सधै भद्र र शिष्ट देखिने लिङ्देन आफ्नै पार्टी सदस्य माथि असहिष्णु देखिएको सहभागीहरुले बताएका छन् ।
तपाईको बिचार