श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले नेपाली कामदारको लागि काम गर्न जापान उपयुक्त गन्तव्य हुन सक्ने बताएका छन् ।
राजधानीमा नेपाल ट्रेड युनियन काँग्रेस (एनटीयुसी) र जापान इन्टरनेशनल लेबर फाउन्डेसन (जेआइएलएएफ) को सहकार्यको तीन दशकको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा मन्त्री भण्डारीले आगामी १० वर्षमा जापानलाई विभिन्न क्षेत्रमा करिब १ करोड जनशक्तिको आवश्यकता भएकोले जापान नेपालको लागि काम गर्ने उपयुक्त गन्तव्य हुन सक्ने बताए ।
उनले भने, ‘जापान एउटा विकसित, प्राविधिक रुपमा बलियो र अत्यन्तै मेहेनत गर्ने देश हो । हामीले जापानसँग सहकार्य गर्दा प्राविधिकसँगै संस्कार पनि सिकाउछ । जुन अहिले हाम्रो लागि धेरै आवश्यकता छ ।’
मन्त्री भण्डारीले जापानको यथार्थ भनेको आगामी १० वर्षमा जापानलाई विभिन्न विधामा १ करोड जनशक्तिको आवश्यकता हुने स्थिती निमार्ण हुन लागेको जिकिर गर्दै पनि जापान नेपालको लागि उपयुक्त ठाँउ हुने सक्ने दाबी गरे ।
एक अर्काे प्रसंगमा उनले नेपालबाट वैदेशिक रोजगारमा जाने सम्पूर्ण श्रमिक नेपाली नागरिक भएको बताउँदै उनीहरुको सम्पूर्ण सुरक्षाको लागि सबै जना मिलेर काम गर्नुपर्ने बताए ।
उनले भने, ‘नेपाली कामदारहरु वैदेशिक रोजगारको लागि जहाँ गएपनि उनीहरुको सम्पूर्ण सुरक्षाको जिम्मा राज्यले लिनुपर्छ । राज्यले उनीहरुलाई अवैधानिक कामदारको रुपमा काम गर्ने अवस्थाकाृ अन्त्यका लागि सबै मिलेर साझा धारणा बनाउन जरुरी छ ।’
तपाईको बिचार