‘आम जीवनशैलीलाई लोकतान्त्रिक आचरणमा ढाल्न सक्दा मात्र प्रजातन्त्र दिवसको सार्थकता’

‘आम जीवनशैलीलाई लोकतान्त्रिक आचरणमा ढाल्न सक्दा मात्र प्रजातन्त्र दिवसको सार्थकता’

565

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आमनागरिकको जीवनशैलीलाई लोकतान्त्रिक आचरणमा ढाल्न सक्दा मात्र प्रजातन्त्र दिवसको सार्थकता पुष्टि हुने बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले जनता नै सार्वभौमसत्तासम्पन्न भएको र सम्पूर्ण स्रोत जनतामा निहित रहेको बताएका छन् ।

मुख्यमन्त्री आचार्यले जनता सार्वभौमसत्ता सम्पन्न हुन र सम्पूर्ण स्रोत जनतामा निहित हुन्छ भन्ने मान्यताका आधारमा आम जीवनशैलीलाई लोकतान्त्रिक आचरणमा ढाल्न सक्दा मात्र प्रजातन्त्र दिवसको सार्थकता पुष्टि हुने शुभकामना सन्देशमा बताएका छन् ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जग २००७ सालको जनक्रान्तिबाटै निर्माण भएको बताउँदै उनले सन्देशमा सहिदहरूको सपना र जनताको आकाङ्क्षालाई मूर्तरूप दिन वर्तमान शासन प्रणालीलाई सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा आर्थिक समृद्धितर्फ केन्द्रित गर्न आवश्यक भएको उल्लेख गरेका छन्।

मुख्यमन्त्रीले जनताको एकताबद्ध सामथ्र्यबाट जस्तोसुकै निरङ्कुशतालाई पराजित गर्न सक्ने, साथै हक, अधिकार, मानवाधिकार तथा राजनीतिक स्वतन्त्रता प्राप्त गर्न सकिन्छ भन्ने यथार्थलाई प्रजातन्त्र दिवसले सदा स्मरण गराउने सन्देशमा उल्लेख गरेका छन् ।

तपाईको बिचार