रौतहट । रौतहट र बाराको सिमानासँग जोडिएको भारतको बिहार राज्यको मोतीहारी जिल्ला स्थित झरौखर थानामा ४३ किलो गाँजासहित पक्राउ परेका एक नेपाली गाँजा तस्कर फरार भएका छन्।
पक्राउ पर्ने तस्कर रौतहट जिल्लाको मौलापुर नगरपालिका, पिपरिया गाउँका २५ वर्षीय लक्ष्मीनारायण साह हुन्। उनले शुक्रबार बिहान सौच गर्न भनेर झरौखर थाना छेउको चौरमा जाने क्रममा चौकीदार र प्रहरीलाई झुक्याएर नेपाली सिमातर्फ भाग्न सफल भएका हुन्।
भारतीय प्रहरीले जानकारी दिएको अनुसार झरौखर थानाबाट नेपाली सिमा दशगज्जा मात्र ५०० मिटर टाढा पर्दछ। भागेपछि तुरुन्तै चौकीदार राम औतारलाई निलम्बन गरिएको छ। मोतीहारी जिल्ला प्रहरी कार्यालयका एसपी सुवर्ण प्रभातका अनुसार, चौकीदार राम औतारलाई बिना हथकडी सौच गर्न लगेको कारण निलम्बन गरिएको हो र डिएसपी धीरेन्द्र कुमारको नेतृत्वमा घटनाको अनुसन्धान सुरु गरिएको छ।
गाँजासहित पक्राउ परेर फरार भएका अभियुक्त लक्ष्मीनारायण साहमाथि झरौखर थानामा एफआईआर दर्ता गरिएको छ। एसपी प्रभातका अनुसार यस्तो एफआईआर मुद्दामा आरोपीलाई जमानत नदिने व्यवस्था गरिएको छ।
गाँजा तस्कर लक्ष्मीनारायण साहलाई बिहीबार भारतीय सीमा सुरक्षा बल ९एसएसबी० र थानाको संयुक्त टोलीले विशेष सूचनाको आधारमा बाराबाट भारततर्फ जान लागेको समयमा पक्राउ गरेका थिए।
चौकीदार निलम्बनपछि स्थानीयहरुले झरौखर थानाका प्रमुख सई अभयकुमार सिंहलाई पनि दोषी मान्दै उनको पनि निलम्बन गर्नुपर्ने माग गरेका छन्।
यो घटनाले प्रहरी र चौकीदारको लापरवाही उजागर गर्दै स्थानिय प्रशासनमा चासो र चिवाबोधनको आवश्यकता देखाएको छ।
तपाईको बिचार