डान्सबारमा कुटपिट हुँदा एक जनाको मृत्यु

डान्सबारमा कुटपिट हुँदा एक जनाको मृत्यु

637

रुपन्देही । नवलपरासी पश्चिमको बर्दघाटस्थित एक डान्स बारमा कुटपिट हुँदा एक जनाको ज्यान गएको छ।

बर्दघाट नगरपालिका–१३ जमुनाबारीस्थित नशा रेष्टुरेन्ट एण्ड डान्स बारमा दुई पक्षबीच भएको कुटाकुटमा एक जनाको मृत्यु भएको हो। घटनामा संलग्न व्यक्तिहरूबीच विवाद उत्पन्न भएपछि कुटपिट भएको र यसले एक जनाको ज्यान लिएको थियो।

घटना माघ २८ गते मध्यराति भएको भए पनि घाइते प्रतापुर गाउँपालिका–९ खैरेनीका ४५ वर्षीय सन्तबहादुर चौधरीलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा ३० गते साँझ साढे ४ बजे चौरहा अस्पताल, बुटवलमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक नारायण थापाले जानकारी दिएका छन्।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले डान्स बारका सञ्चालक राकेश हरिजनसहित प्रतापपुर–१ का अमित चौधरी र सोही स्थानका सरोज चौधरीलाई नियन्त्रणमा लिएको छ। प्रहरी अनुसन्धान थालिसकेको र घटनामा संलग्न अन्य व्यक्तिहरूको पहिचान र पक्राउका लागि काम जारी रहेको जनाएको छ।

तपाईको बिचार

सम्बन्धित खबर