उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा जारी

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा जारी

691

काठमाडौं । सत्तारुढ दुई प्रमुख दलका नेताहरुको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा जारी छ । केहीबेरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

संयन्त्रको बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, सरकारले ल्याएको अध्यादेशलगायतको बिषयमा छलफल भइरहेको छ । कांग्रेस र एमालेबीच भएको सात बुँदे सहमति कार्यान्वयन गरेर सरकार चलाउन संयन्त्र गठन गरिएको हो ।

संयन्त्रमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल छन् । कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा छन् ।

तपाईको बिचार