सुन तोलाको ६ सय रुपैयाँ बढ्यो

सुन तोलाको ६ सय रुपैयाँ बढ्यो

621

काठमाडौं । सुनको मूल्यमा वृद्धि भएको छ।

आज नेपाली बजारमा सुनको मूल्य ६ सय रुपैयाँले वृद्धि भएको हो।

यस अनुसार मंगलबार सुनको तोलामा एक लाख ७० हजार २०० रुपैयाँ पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन तोलामा एक लाख ६९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य भने केही घटेको छ। जसअनुसार आज चाँदी १ हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।

सोमबार चाँदी १ हजार ९७५ रुपैयाँमा कारोबार भएको थियो।

तपाईको बिचार