काठमाडाै । काठमाडौंको दक्षिणकालीमा स्कुलका विद्यार्थी बोकेको बस दुर्घटना हुँदा बस चालक र एक विद्दार्थीकाे मृत्यु भएको छ ।दुर्घटनामा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए ।
मृत्यु हुनेमा स्कुल बसका चालक दक्षिणकाली नगरपालिका–४ घर भएका ३५ वर्षीय रामकृष्ण थापा मगर र सोही ठाउँका ८ वर्षीय बालक विपिन श्रेष्ठ रहेका छन् । थापामगरको नगर अस्पताल दक्षिणकालीमा र श्रेष्ठको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बा १क ५६६४ नम्बरको जुनकिरी स्कुलको बस आइतबार साढे ३ बजे सडकबाट १०० मिटर तल खस्दा ४१ जना घाइते भएका छन् ।
तपाईको बिचार