निजि तथा आवासिय विद्यालय अर्गनाइजेसन महोत्तरीको अधिवेशनवाट पुन: सापकोटा निर्वचित

निजि तथा आवासिय विद्यालय अर्गनाइजेसन महोत्तरीको अधिवेशनवाट पुन: सापकोटा निर्वचित

559

महोत्तरी । निजि तथा आवासीय विद्यालय अर्गानाईजेसन  महोत्तरीको ९ औ जिल्ला अधिवेशनवाट जिल्लाको नेतृत्वमा राधेश्याम सापकोटा निर्वाचित भएका छन ।

सनिवार गौशालास्थित भानुभक्त अङ्ग्रेजी मध्यामिक विध्यालयमा भएको अधिवेशनले दोश्रो पटक सापकोटालाई नै निर्वाचित गरेको हो ।यसअघिको कार्यकालवाट सापकोटा दोहोरिए तापनी अन्य पदाधिकारी भने धेरैजसो नया अनुहारहरु छन ।

अधिवेशनले वरिष्ठ उपाध्यक्षमा संजीव ठाकुर, द्वितीय उपाध्यक्षमा फेकन राउत, सचिवमा उमेश महतो, स-सचिवमा अरुण कुमार कार्की, कोषाध्यक्ष विनित झा, स- कोषाध्यक्षमा विनोद ढकाल निर्वाचित गरेको छ । सदस्यहरुमा भने सुकेश्वर यादव र दिपेन्द्र महतो निर्वाचित भएको प्यावसन महोत्तरीले जनाएको छ ।

जम्मा १३ जनाको कार्यसमितिमा ३ जनालाई निर्वाचित कार्यसमितिको पहिलो वैठकले मनोनीत गर्ने व्यवस्था रहेको र सोहीअनुसार मनोनीत गर्ने नवनिर्वाचित  स-कोषाध्यक्ष विनोद ढकालले जानकारी दिए । यो सगैँ कार्यसमितिको संख्या १३ पुग्नेछ ।

जिल्लामा संस्थागत विध्यालयहरुको छाता संगठन प्यावसन र एनप्यावसन मध्ये प्यावसन अन्तर्गत मात्र ५१ वटा विद्यालयहरु छन जस्ले संस्थागत विद्यालयहरुको ७० प्रतिशत भन्दा बढी ओगटेको छ ।

संस्थागत विद्यालयहरुको प्यावसनमा जिल्लामा अहिले ४२ हजार भन्दा बढी विद्यार्थी अध्यण गर्दै आएका प्यावसन महोत्तरीले जनाएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर