काठमाडौं । रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई काठमाडौं ल्याइएको छ । सहकारीको रकम अपचलन आरोपमा पक्राउ परेका उनलाई
जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतबाट बुद्ध एयरको विमानबाट आज काठमाडौं ल्याइएको हो ।
काठमाडौंमा स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिनामा रविलाई पनि आरोपित गरेर जाहेरी दिइएको छ । यसैको अनुसन्धानका लागि काठमाडौं ल्याउन लागिएको हो । उनीविरुद्ध काठमाडौं जिल्ला अदालतले पनि पक्राउ पूर्जी जारी गरिसकेको छ
तपाईको बिचार