एमालेले बुझ्न मानेन महानगरले पठाएको एक लाख जरिवानाको पत्र

एमालेले बुझ्न मानेन महानगरले पठाएको एक लाख जरिवानाको पत्र

543

काठमाडौं । काठमाडौं महानगरपालिकाले तिराएको जरिवानको पत्र बुझ्न नेकपा एमालेले अस्वीकार गरेको छ । जागरण सभामा फोहोर गरेको भन्दै काठमाडौं महानगरपालिकाले एमालेलाई एक लाख रुपैयाँ जरिवाना गर्ने पत्र शुक्रबार लेखेको थियो । पत्र लिएर पुगेको टोलीलाई एमालेले पत्र नबुझि फिर्ता गरेको छ ।

आइतबार जरिवानापत्र बुझाउन पार्टी कार्यालय पुगेको महानगरको टोलीलाई एमालेले आफूहरू आयोजक नभएको भन्दै एपत्र बुझ्न अस्वीकार गरेको हो ।

गत शुक्रबार दरबारमार्गमा जागरण सभामा सडक तथा पेटीमा जथाभावी फोहोर गरेको भन्दै जरिवानाको पत्र लेखेको थियो ।

तपाईको बिचार